सुपारी दिएर देवर र ससुराको हत्या, महिलासहित तीन जना पक्राउ

नेपालभ्युज

जनकपुरधाम। सिरहामा एक महिलाले आफ्नो देवर र ससुराको सुपारी दिएर हत्या गराएको घटना सार्वजनिक भएको छ।

अर्नमा गाउँपालिका १ महनौरका शान्तिदेवी पालले ससुरा चन्देश्वर पाल र देबर सन्तकुमार पालको सुपारी दिएर हत्या गराएको आरोपमा शान्तिदेवी पाल सहित तीन जनालाई आज सिरहा प्रहरीले सार्वजनिक गरेको छ।

७ जेठमा राति सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरी उनीहरू दुवै जनाको हत्या भएको थियो।

घटनाको १० दिनपछि प्रहरीले आज हत्यामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका ४ का बेचु पाल, मृतक चन्द्रेश्वर पालको साईली बुहारी शान्तिदेवी पाल र जनिफ मियाँलाई सार्वजनिक गरेको हो।

मृतक सन्तकुमारको विवाह मोरङमा जेठ ११ गते हुने तय भएको थियो। सोही विवाहमा भाउजू शान्तिलाई फोन गरेर नआउनु र छोराछोरीमात्रै पठाउनु भनेको रिसमा हत्या भएको देखिएको प्रहरीको दाबी छ।

शान्तिका श्रीमान विदेशमा छन्। उनले आफ्नो श्रीमानको साथी जेनिफ मियाँ र बेचु पाललाई हत्या गर्ने सुपारी दिएको पाइएको प्रहरीले जनाएको छ। उनले जेनिफ र बेचुलाई ५० हजार दिने प्रलोभन दिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved