खडक नगरपालिकाका मेयरको घोषणा : सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोशाक

नेपालभ्युज

खडक नगरपालिकाका मेयरको घोषणा : सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोशाक

सप्तरी। खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारूले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशक प्रदान गर्ने निर्णय गरेका छन्।

आज पदभार ग्रहणपछि उनले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, सर्ट, जुत्ता र टाईसहित पोशाक निःशुल्क प्रदान गर्ने बताए।

पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोशाक निःशुल्क प्रदान गरिनेछ उनले भने। यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ।

नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिए।

उनका अनुसार भिडिओ एक्सरे मेशिन खरीद भइसकेको छ। सो सेवा शुरु गर्न केही समय लाग्ने बताए। नगरपालिकाअन्तर्गत कार्यालयमा सीसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved