भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेर फरार भएका देवर पक्राउ परेका छन्। 

नेपालभ्युज

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ
सांकेतिक तस्वीर

राजविराज। भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेर फरार भएका देवर पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साहलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

गत वर्ष २०७८ माघ २१ गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो।

भाउजूको मृत्युपश्चात् राजन फरार थिए। अहिले उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved