किशोरी बलात्कार आरोपमा धनुषाका चारजना पक्राउ

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी १८ वर्षीया एक किशारीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

नेपालभ्युज

जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी १८ वर्षीया एक किशारीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले क्षीरेश्वरनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय गणेश महतो, वडा नं ५ बस्ने ४० वर्षीय जय कुमार यादव र भारतको विहार घर भई क्षीरेश्वरनाथ नगरपालिका–५ बस्दै आएका ३० वर्षीय धर्मेन्द्र पटेललाई आइतबार पक्राउ गरेको हो।

घटनामा संलग्न एकजना भने फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। उनकाे खाेजी भइरहेकाे छ। पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकाे छ।

गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ स्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved