कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

नेपालभ्युज

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौं। सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतलाई उत्प्रेरित गरी सेवा भाव उच्च बनाउन १ साउन २०७९ देखि लागू हुने गरी तलबमा १५ प्रतिशत बृद्धि गरेको घोषणा गरे।

उनले हाल खाइपाइ आएको महँगी भत्तालाई निरन्तरता दिएको बताए।

कर्मचारीको न्यूनतम तलब सुविधा अवलोकन गर्न र श्रमिकहरुको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिन एक उच्च स्तरीय तलब सुविधा आयोग पनि गठन गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved