चार हिमतालको पानीको सतह घटाउने

नेपालभ्युज

चार हिमतालको पानीको सतह घटाउने

काठमाडौं। हिमतालको विस्फोटनको जोखिम कम गर्न सरकारले चारओटा हिमतालको पानीको सतह घटाउने योजना बनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम रहेकोले संखुवासभाको १, सोलुखुम्बुको २ र मनाङका १ गरी चारओटा हिम तालहरुमा रहेको पानीको सतह घटाउने योजना बनाएको बताए।

साथै हिमतालको तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ।

सरकारले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरको अध्ययन अनुसन्धान गर्न हिममौसमी प्रणालीको निरन्तर अनुगमन गर्न ९ हिमकेन्द्रलाई पूर्ण स्वचालितमा स्तरोन्नति गर्ने योजना बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved