सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क

नेपालभ्युज

सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क

काठमाडौं। सरकारले सरकारी अस्पतालबाट ९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यस्तै सरकारले दीर्घ रोगहरू जस्तै क्यान्सर लागेर उपचारर्थ व्यक्ति, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति र मेरुदण्डमा चोट लागेर असक्त भएका व्यक्तिलाई मासिक ५ हजार उपलब्ध गराउने शर्माले बताए।

यस्तै सबै प्रादेशिक अस्पतालमा मिर्गौला रोगीहरुको डायलासिस गर्ने व्यवस्था सरकारले गरेको छ। यस्तै निमुखा व्यक्तिहरुका लागि मिर्गौला उपचारका लागि प्रादेशिक हिसाबमा १० करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved