जनताको जीवनस्तर नफेरिँदा गणतन्त्र अनुभूत हुन सकेन : मुख्यमन्त्री केसी

नेपालभ्युज

जनताको जीवनस्तर नफेरिँदा गणतन्त्र अनुभूत हुन सकेन : मुख्यमन्त्री केसी
फाइल तस्वीर

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताको जीवनस्तर नफेरिँदा गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूत हुन नसकेको बताएका छन्।

१५ औं गणतन्त्र दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुन नसक्ने जिकिर बताए। नागरिकको आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको उनको भनाइ थियो।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै सवैको पहुँचमा विकास पुर्‍याउनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved