छोरी बेच्न नदिएपछि श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्।

नेपालभ्युज

छोरी बेच्न नदिएपछि श्रीमतीको हत्या

पाकिस्तान। पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्।

पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन्। श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि उनले हत्या गरेका हुन्।

हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ। बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन प्रयास गरेकाे र त्यसकाे विराेध गर्दा बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन्।

यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन्। बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो। हत्याको छानबिन शीघ्र शुरु हुने प्रहरीले जनाएको छ।

सेहवान अस्पतालमा पोष्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved