चितुवाको आक्रमणबाट बालकको मृत्यु

भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए। खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

नेपालभ्युज

चितुवाको आक्रमणबाट बालकको मृत्यु
फाइल फोटो

अर्घाखाँची। सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको बिहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए। खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाले घरभन्दा करीब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved