हावाहुरीले सिंहदरबारभित्रै घाइते भएका कर्मचारीको मृत्यु

नेपालभ्युज

हावाहुरीले सिंहदरबारभित्रै घाइते भएका कर्मचारीको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। बुधबार साँझको हावाहुरीमा परी घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ।

सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर २७ वर्षीय विजय कार्कीकाे टाउकाेमा चाेट लागेकाे थियाे। पाल्पा रम्बा गाउँपालिका–५ का घाइते कार्कीलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

कार्की राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved