भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन्।

नेपालभ्युज

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा अध्यक्ष भट्टराईले भारतसँगकाे सुगाैली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनुपर्ने आवश्यकता देखिएको बताए।

सुगाैली सन्धिभन्दा पहिले नेपालबाट भारतमा पाँच गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो पाँच गुणा बढी आयात गर्न लागेको बताए। अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्ने गरेको उनकाे दाबी छ। याे अवस्था नसच्चिए नेपाल सधैँ परनिर्भर भइरहनुपर्ने उनी बताउँछन्।

‘‘भारतसँगको सुगाैली सन्धिदेखि यता बाह्यपर निर्भताकै पाटो हो । यहाँ संरचनागत समस्या छ,’’ उनले भने, ‘‘यसलाई सच्याउन हामीले भारतसँग विगतमा गरेका व्यापार वाणिज्य पारवाहन सन्धिहरु पुनरावलाेकन गर्नुपर्छ। यो नसचिएसम्म परिर्वतन हुँदैन।’’

पूर्वप्रधानमन्त्री भट्टराईले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताए। आगामी वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट ल्याउनुपर्ने उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved