बालेन र केशवको मतान्तर करीब ६ हजार

केशव र सिर्जनाको मतान्तर ७४९ मत रहेको छ।

नेपालभ्युज

बालेन र केशवको मतान्तर करीब ६ हजार

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता बनाइरहेका छन्। शुरुदेखि अग्रता लिएका बालेनले ३२ हजार ३०२ मत गणना हुँदा १२ हजार ५५३ मत पाएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित बालेनभन्दा करीब ६ हजार मतले पछाडि छन्। ५ हजार ८४७ मतले पछि परेका केशवले ६ हजार ७०६ मत पाएका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ९५७ मत ल्याएकी छन्। केशव र सिर्जनाको मतान्तर ७४९ मत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved