थबाङमा कांग्रेस र एमालेबीच झडप, दुई जना बेपत्ता

नेपालभ्युज

थबाङमा कांग्रेस र एमालेबीच झडप, दुई जना बेपत्ता
सांकेतिक तस्वीर।

रोल्पा। रोल्पाको थबाङमा गएराति नेकपा माओवादी केन्द्र र एमाले-कांग्रेस गठबन्धनका कार्यकर्ताहरूबीच झडप भएको छ। थबाङ गाउँपालिका–४ उवा टिकरीबाङमा भएको झडपपछि दुई जना बेपत्ता भएका छन्।

झडपपछि सम्पर्कविहीन थबाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
माओवादी केन्द्र र एमाले-कांग्रेस गठबन्धनका कार्यकर्ताहरूबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए।

उनीहरू आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए।

घटनापछि थबाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू माओवादीका कार्यकर्ताहरू हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved