देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

२३ वैशाखमा चितवनको भरतपुरमा भएको गठबन्धनको चुनावी सभामा उनले मतधाता धम्क्याएको भन्दै उजुरी परेको हो। प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेपाली कांग्रेस (बीपी) ले उजुरी हालेको हो।

आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा उल्लेख छ-यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ? आयोगले दाहाललाई ‘कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ र हुँदैन ? को उत्तरसमेत २४ घण्टामा दिन निर्देशन दिएको छ।

भरतपुरमा निकै उत्तेजित भाषण गरेका उनले गठबन्धनलाई उम्मेदवारलाई जिताउन मतदातासँग भोट माग्नुका साथै आफूहरूले नजिते देश नै दुर्घटनामा जाने चेतावनी दिएका थिए। भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दिएकी छन् भने जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

 


Comment

One thought on “देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved