यस्तो छ काठमाडौंका तीन मेयर उम्मेदवारको प्रतिवद्धता

नेपालभ्युज

यस्तो छ काठमाडौंका तीन मेयर उम्मेदवारको प्रतिवद्धता

काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका घर परिवारमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान शुरु गर्ने बताएकी छन्। आइतवार काठमाडौंमा आयोजित बागमती किनारका पालिकाहरूमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरूसँगको अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको भन्दै यो व्यवस्थापन गर्न नजान्दा भएको कमजोरी रहेको बताए। अहिले पर्यावरण कमजोर बनाउने काम भइरहेको र फोहोर व्यवस्थापन चुनौती बनिरहेकोमा घरबाटै समस्या समाधानको शुरु गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गरेका छन्। स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गर्दै काठमाडौं भित्र रहेका २४७ ओटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे।

स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरे व्यहोर्ने उनको भनाइ थियो। उनले काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गरे। उनले नदीलाई सानो बनाएर दायँबायाँबाट सडक निकाल्ने र नदी क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाए।

त्यस्तै विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेतृ समीक्षा बास्कोटाले आफू मेयरमा जितेपछि सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने बताइन्। घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने उनको भनाइ थियो।

प्लास्टिकको प्रयोग घटाउन काम गर्ने उनको भनाइ थियो। मेयरकी उम्मेदवार बास्कोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलव पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved