श्रीलंकामा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाए (भिडिओसहित)

पूर्वप्रधानमन्त्री महिन्द्रा राजापाक्षको पुर्ख्यौली घरमा प्रदर्शनकारीले आगो लगाएका हुन्। केही सांसदको घरमा समेत आगजनी भएकाे छ।

नेपालभ्युज

श्रीलंकामा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाए (भिडिओसहित)

काठमाडौं। लगातारको आन्दोलनपछि श्रीलंकाको अवस्था अनियन्त्रित बनेको छ। पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षको पुर्ख्यौली घरमा प्रदर्शनकारीले आगो लगाएका हुन्। केही सांसदको घरमा समेत आगजनी भएकाे छ। राजधानी कोलम्बोको सडकमा आन्दोलन तातिरहेको छ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामासँगै श्रीलंकामा हिंसा भड्किएको छ। यसबाहेक सत्तारुढ दलका धेरै सांसदको घरमा आगजनी भएको छ। त्यहाँका मिडियाका अनुसार सोमबार साँझ कुरुनेगाला सहरमा रहेको महिन्दा राजपाक्षेको पुर्ख्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। यसैबीच देशमा संकटकाल लगाइएको छ। प्रहरीले देशभर कर्फ्यू लगाए पनि हिंसा रोकिने संकेत देखिदिएको छैन।

यसअघि श्रीलंकामा सोमबार भएको आन्दोलनमा दिउँसो सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएका थिए। प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्।

देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिँदै गएपछि राजापाक्षेले राजनीतिक निकासका लागि भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको थियो।

श्रीलंकामा देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महँगी र अभाव बढेको छ। महँगी र अभावबाट आक्रोशित जनताले आन्दोलन शुरु गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved