एमालेले आफ्ना कार्यकर्ता कुटेको भन्दै राप्रपाको आपत्ति

नेपालभ्युज

एमालेले आफ्ना कार्यकर्ता कुटेको भन्दै राप्रपाको आपत्ति

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उक्त घटनाबारे आपत्ति जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गरी एमाले र माओवादीले चुनाव प्रचारप्रसारमा हिँडेका कार्यकर्तामाथि आक्रमण गरेको राप्रपाले आरोप लगाएको छ। धनुषा र रुकुम पश्चिममा राप्रपा कार्यकर्तामाथि आक्रमण भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला धनुषाको सबेला नगरपालिका–४ का राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि एमाले र माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन्। यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा राप्रपा वडाध्यक्ष पदका उम्मेदवार लिलिबीर बिसीमाथि पनि आक्रमण भएको राप्रपाले जनाएको छ। ‘चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्काउने, पार्टीको झन्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछारपछार गरिएको घटनाप्रति दुःख प्रकट गर्दै भत्र्सना गर्दछौँ’, राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारवाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले  माग गरेकाे छ। भयरहित निर्वाचनको वातावरण बनाउन पनि राप्रपाले सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved