भाटा नै लगाए पनि नेताहरू सुध्रिँदैनन् : राजेन्द्र लिङ्देन

नेपालभ्युज

भाटा नै लगाए पनि नेताहरू सुध्रिँदैनन् : राजेन्द्र लिङ्देन
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकले भाटा नै लगाए पनि कांग्रेस, एमाले माओवादीका नेताहरू नसुध्रिने बताएका छन्।

आइतबार हेटौंडामा आयोजित चुनावी सभामा उनले नागरिक, कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरू सुध्रिए हुन्थ्यो भन्ने लागे पनि उनीहरू कहिल्यै नुध्रिएको टिप्पणी गरे।

नेताहरू सुधार्न सबै मिलेर निर्वाचनमा बाकस खाली गरिदिनुपर्ने उनको भनाइ थियो। ‘‘नेताहरू भाटा लगाएर, कान समाएर सुध्रिनेवाला छैनन्। उनीहरूलाई सुधार्ने एउटै उपाय भनेको आउने चुनावमा उनीहरूको बाकस खालि गरिदिने हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved