चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवीतै उद्धार गरिएको जानकारी दिएका हुन्।

नेपालभ्युज

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

एजेन्सी। चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। गत अप्रिल २९ मा सो भवन भत्किएको थियो।

सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवीतै उद्धार गरिएको छ। त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो।

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवीतै उद्धार गरिएको जानकारी दिएका हुन्।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved