सुम्निमा उदासको विवाहमा सहभागी भए राहुल गान्धी

उदास नेपालका लागि म्यानमारका पूर्वराजदूत भीम उदासकी छोरी हुन्। उनले मंगलबार निमा मार्टिन शेर्पासँग विवाह गरेकी छन्।

नेपालभ्युज

सुम्निमा उदासको विवाहमा सहभागी भए राहुल गान्धी

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सुम्निमा उदासको विवाह कार्यक्रममा सहभागी भएका छन्। १९ वैशाखमा नेपाल आएका गान्धी मंगलबार सम्पन्न उदासको विवाह समारोहमा सहभागी भएका थिए।

काठमाडौं उत्रिएकै दिन भारतीय कांग्रेसका नेता गान्धी दरबारमार्गमा रहेको एउटा नाइट क्लबमा गएका थिए। गान्धी क्लबमा गएको विषय भारतीय सञ्चार माध्यममा भने ठूलो विषय भएको थियो। क्लबमा गान्धी एउटा महिलासँग देखिएपछि नेपालस्थित चिनियाँ राजदूतसँग गान्धी नाइट क्लब गएको आशंकासहित भारतीय सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए।

पत्रकारिता क्षेत्रबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी सुम्निमाले एक दशकभन्दा बढी समय अमेरिकी टेलिभिजन सीएनएनको संवाददाताको रुपमा काम गरेकी थिइन्। उनले न्यूयोर्क, भारत, हङकङलगायत विभिन्न ठाउँमा बसेर पत्रकारिता गरेकी छन्।

सीएनएनको दक्षिण एशिया संवाददाताका रुपमा दिल्ली बसेर काम गर्दा भारतका चर्चित सिने कलाकार, राजनीतिक व्यक्तित्वहरूसँग निकटको सम्बन्ध स्थापित भएको थियो। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसँग पनि त्यसै सिलसिलामा उनको नजिकको सम्बन्ध स्थापित भएको बताइन्छ।

चार वर्षअघि गान्धी काठमाडौं हुँदै मानसरोवरको यात्रामा जाँदा पनि सुम्निमा उदाससँग भेटेर डिनर मिटिङ गरेको चर्चा थियो। उदास नेपालका लागि म्यानमारका पूर्वराजदूत भीम उदासकी छोरी हुन्। उनले मंगलबार निमा मार्टिन शेर्पासँग विवाह गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved