पाकिस्तानी नम्बरबाट आएको थियो विमानस्थलमा बम राखेको भ्रामक सूचना

विमानस्थलभित्र बम नभेटिए पनि सेनाले बाह्य क्षेत्रमा भने अझै सर्च अपरेसन जारी राखेको छ।

नेपालभ्युज

पाकिस्तानी नम्बरबाट आएको थियो विमानस्थलमा बम राखेको भ्रामक सूचना

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएपछि उडान पुन: सञ्चालन गरिँदैछ। बुधबार बिहान अज्ञात नम्बरबाट विमानस्थलमा ६ ओटा बम राखेको थ्रेट कल आएपछि उडान रोकेर विमानस्थलमा तालिमप्राप्त कुकुरसहित सेना परिचालन गरी सर्च अपरेसन शुरु गरिएको थियो।

विमास्थलमा बम भएको सूचना प्राप्त भएपछि आन्तरिकतर्फ प्रवेश गरेका तथा विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको थियो। तर बम नभेटिएपछि पुन: यात्रुलाई विमानस्थलमा फर्काएर उडान सञ्चालन गर्ने तयारी गरिएको छ।

विमानस्थलभित्र बम नभेटिए पनि सेनाले बाह्य क्षेत्रमा भने अझै सर्च अपरेसन जारी राखेको छ।

विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो। उक्त थ्रेट कल पाकिस्तानी नम्बरबाट आएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिएका छन्।

फोनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved