केशव स्थापितले भने, ‘मैले सधैं महिलाहरूको सम्मान गरेको छु’

नेपालभ्युज

केशव स्थापितले भने, ‘मैले सधैं महिलाहरूको सम्मान गरेको छु’

काठमाडौं। नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित बनाइएको गुनासो गरेका छन्।

आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे। मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तर्क्रियामा आफू महिलामैत्री भएकाले उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क गरे।

तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनले जिकिर गरे।

स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए। आफू मेयर हुँदा पुरुष कर्मचारीहरूले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाए पनि महिला कर्मचारीहरूले त्यसो नगरेकाले उनीहरूमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहोर्‍याए।

स्थापितले आफूले महिलाहरूको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको बिताए। स्थापितले भने, ‘मैले दिने त फल हो नि। मैले गाली त दिन्नँ। म हिंसाको विरोधी। महिलाहरूको सम्मान गर्ने, महिलाहरूलाई आदर गर्ने र महिलाहरूसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु। यो मेरो निजी प्राक्टिकल अनुभव। हाम्रो केही कर्मचारीहरूसँग काम गरेँ। माड्साव भन्थ्यो। जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने। तर मेरो महिला साथीहरूले त्यसो गरेनन्। स्वाभिमानले नदिने रैछ क्या। म महिला हुँ भन्ने दम्भ हो नि। तर पुरुषहरू त म जस्तै दाह्रीवालहरू त मास्क लगाएपछि त झनै नचिन्ने भएछ, आजकाल। खान दे, पिन दे, लिन दे हुन्थ्यो। यो भन्दा महिलाहरू अलिबेसी कोमल भएको कारण पनि म महिलामैत्री हो।”

उनले थपे, “आफूले २०५१ सालमा खेलकुदमा महिलाहरूले एउटा डिभिजन नै खोल्ने भनेको। त्यसैले मेरो धेरै फोटाहरू महिलासँग देखिन सक्छ। अब यही कारणले मैले आरोपित हुन जरुरी छैन। मैले एउटा ह्याण्डनोट ल्याएको छु, तपाईहरूले हेर्नू। मैले धेरै मोर्चाबाट भनें मैले केही सत्य कुराहरू गर्दा मान्छेलाई आघात हुन्छ है। त्यो सत्य उद्घोष नगर्दा राम्रो हुन्छ मैले भनें। त्यो एउटा रश्मिला प्रजापति भन्ने प्रकरणमा अलिकति दुई शब्द भनौं। उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनुभयो। मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो। मैले हुन्छ भनें। मेरो एक्सपर्टले ल्याएको होइन। एसिस्टेन्ट भयो। मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाहीँ देख्थे। मैले उहाँसँग कहिल्यै संगत गर्नुपरेन। उहाँ सम्पदा विभागभित्र काम गर्थ्यौं। मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकाल्थें होला नि।”

स्थापितले आफू महिला हिंसाविरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए। उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved