अर्थ मन्त्रालय निजी क्षेत्रकै हो : अर्थमन्त्री शर्मा

नेपालभ्युज

अर्थ मन्त्रालय निजी क्षेत्रकै हो : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको भएकाले अर्थ मन्त्रालय निजी क्षेत्रकै भएको बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताए।

विगतदेखि अर्थ मन्त्रालय र निजी क्षेत्रबीच कर बढाउने र घटाउनको लागि द्वन्द्व भइरहेकाले करको विषय व्यवस्थित गर्नुपर्ने बताए। ‘‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रकै भएको हुनाले अर्थमन्त्रालय पनि नीजि क्षेत्रकै हो । किनभने ७० र ३० प्रतिशत मिलेर नै अर्थमन्त्रालय र अर्थतन्त्र बन्ने हो, तपाईहरुको पूरै हक छ,” करको विवाद अन्त्य गर्ने आश्वासन दिँदै उनले भने, ‘‘अर्थ मन्त्रालय राजश्व उठाउन र व्यवसायी घटाउन रोइकाइ गर्ने दुईओटै कुरा छाडिदिऊँ, कहाँ कहाँ कानूनी नीतिगत समस्याहरू छन् ती समस्या एक दुई तीन गरेर सुझाव दिनुस्।’’

उनले सरकारले वैदेशिक ऋण बोक्नसक्ने क्षमताका परियोजना मात्र ल्याउने बताए। व्यवसायिक क्षेत्रमा लगानी ल्याउन प्रयासका लागि निजी क्षेत्रलाई आग्रह उनले गरे। यसका लागि नीतिगत ऐन तथा नीतिमा सरकारले सहजीकरण गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved