भीरबाट लडेर एकको मृत्यु

नेपालभ्युज

भीरबाट लडेर एकको मृत्यु
सांकेतिक तस्वीर।

बागलुङ। बागलुङको निसीखोलाको भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भीरबाट लडेर मृत्यु भएको हो।

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जंगलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भीरबाट लडेका थिए। उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ। थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved