गृहमन्त्री खाँणलाई जगन्नाथ पौडेलको जवाफ : ‘उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्थामा पुगिसकेँ’

गृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहमा पौडेलले उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्था रहेको बताएका हुन्।

नेपालभ्युज

गृहमन्त्री खाँणलाई जगन्नाथ पौडेलको जवाफ : ‘उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्थामा पुगिसकेँ’

काठमाडौं। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफू आफ्नो उम्मेदवारी फिर्ता लिन नसक्ने स्थानमा पुगेको बताएका छन्।

कृष्णपुरस्थित उनको निवासमा उनलाई भेट्न पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहमा पौडेलले उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्था रहेको बताएका हुन्।

भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी पार्टीका कार्यकताको भविष्यसँग जोडिएका कारण आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने उनको भनाइ थियो।

गठबन्धनबाट भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेसँगै चितवन कांग्रेसले असन्तुष्टि जनाएको थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवारलाई सहयोग गरेको भन्दै यो पटक आफ्नो पार्टीले मेयर पदको टिकट पाउनुपर्ने चितवन कांग्रेसको माग थियो।

माग बम्मोजिम सुनुवाइ नभएपछि कांग्रेसबाट राष्ट्रियसभाको सांसदसमेत भएका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाको प्रस्तावमा पौडेलले १२ वैशाखमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

यसअघि, भरतपुरमा रहेका गृहमन्त्री खाँणले पौडेललाई मेयरमा प्रस्ताव गर्ने सापकोटलाई भेट्न आज बिहानै लंकुस्थित उनको निवास पुगेका थिए। खाँणले सापकोटासँग प्रस्ताव फिर्ता लिन गरेको आग्रहलाई सापकोटाले पनि अस्वीकार गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved