२३ वर्षीय वडाध्यक्ष उम्मेदवारको लोभलाग्दो योजनाः भन्छन्, ‘कृषि क्रान्ति गर्छु’

२३ वर्षीय वडाध्यक्ष उम्मेदवारको लोभलाग्दो योजनाः भन्छन्, ‘कृषि क्रान्ति गर्छु’

धनगढी। स्थानीय निर्वाचनको लागि वडा सदस्यदेखि पालिका प्रमुखसम्मको उम्मेदवारी सम्पन्न भएको छ।

देशभरि नै चुनावको चटारो चलेको छ। उम्मेदवारहरू आफ्ना योजना तथा भिजनहरू प्रस्तुत गरिरहेका छन्। यस्तैमा बझाङको बित्थडचिर गाउँपालिका–५ मा नेकपा (एमाले)बाट वडाध्यक्ष पदका उम्मेदवार गोविन्द महरले आफ्ना योजनाहरू प्रस्तुत गरेका छन्।

२३ वर्षीय उम्मेदवार महर कृषि प्राविधिक हुन्। उनले आफू कृषि क्षेत्रको विद्यार्थी भएकाले परम्परागत कृषि पेशालाई परिर्वतन गर्दै व्यवसायिक कृषिमा रुपान्तरण गर्न कृषि क्रान्ति थाल्ने बताएका छन्। योसँगै आफ्नो वडामा सडक सञ्जाल जोड्ने, विद्युत्, खोनेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या उजागर गर्दै समाधानका लागि लाग्ने बाचा गरेका छन्।

आफ्नो वडाका अधिकांश मानिस रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा गइरहेको समस्यालाई समाधान गर्न र गाउँघरमै कृषि व्यवसाय गरेर उद्यमी बनाउन कृषि क्रान्ति थाल्ने योजना तयार पारेका छन्। उनले आफ्नो वडालाई कृषि क्षेत्रमा गर्नसक्ने कामहरू यसरी प्रस्तुत गरेका छन्।

देश कृषिप्रधान भएकाले कृषिमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछन्। भन्छन्, “गाउँहरू खाली छन्। जमिन बाँझो छ। खेती गर्ने जनशक्ति छैनन्। युवा जनशक्ति विदेशमा छन्। ती जनशक्तिलाई कसरी स्वदेश फर्काउने र वडालाई कसरी व्यवसायीक कृषितर्फ लैजान सकिन्छ भन्ने मैले गर्न सक्ने योजनाहरू तयार पारेको छु।”

सबै बेरोजगार युवालाई कृषि क्षेत्रमा समेट्ने रणनीति गाउँपालिकास्तरबाट बनाउनुपर्ने उनी बताउँछन्। युवालाई व्यवसायिक कृषिको तालिम दिनुपर्ने उनको भनाइ छ। “सस्तो ब्याजमा ऋण उपलब्ध गराई कृषि उत्पादनमा लगाउनुपर्छ। युवाहरूलाई दूध, मासु, माछा, धान, मकै, गँहु, तरकारी, तेल, दाल, लसुन, प्याज, आलु, अदुवा, बेसार, स्याउ, सुन्तला, केरा आदि उत्पादनमा संलग्न गराउनुपर्छ।
बित्थडचिरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाएर निर्यातमा प्रोत्साहन गर्नुपर्छ,” २३ वर्षीया महर भन्छन्, ” किसानहरूलाई मल, बीउ, सिँचाइ र बजारको ग्यारेन्टी वडाले गर्नुपर्छ। व्यावसायिक कृषकहरूलाई ऋणको ब्याज मिनाहा वा कर छुटको व्यवस्था पालिकास्तरबाट गर्नुपर्छ। उत्पादित सामानहरू स्थानीय सरकारले खरीद गर्ने र बिक्री गर्ने व्यवस्था गर्नुपर्छ। कृषि उपज ढुवानीलाई सरल,सहज र नियमित बनाउनुपर्छ।”

उनले अघि सारेका योजना यस्ता छन्ः

१. उत्पादन सामग्रीमा अनुदानः

बीउ, मल, सिंचाई, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरूमा वडाका सबै किसानले पाउने गरी कृषि अनुदानको व्यवस्था गरीने छ। अनुदानमा टाठाबाठा र पहुँचवालाको हालीमुहालीको अन्त्य गर्दै वास्तविक किसानलाई अनुदान उपलब्ध गराउन सबै निकायलाई सचेत गराउने मेरो जिम्मेवारी रहने छ।

कर्मचारीको मिलेमतोमा कागजी किसानहरूले अनुदान रकमको अपचलनको माध्यमबाट गर्दै आएको भ्रष्टाचारजन्य कार्यको अन्त्य गर्न मेरो निरन्तर खबदारी रहने छ।

२. सबै किसानको घरदैलोमा प्राविधिक सेवा टेवा

बित्थडचिरका अहिले थुप्रै कृषि प्राविधिकहरू बेरोजगार भएर बसीरहेका छन्। उनिहरूलाई कृषि व्यवसायमा जोड्ने, सँगै गाउँका अन्य किसानलाई पनि प्राविधिक सेवा प्रदान गर्न एकद्वार नीति ल्याउन पालिकासँग समन्वय गरिनेछ। वडाका हरेक किसानहरूलाई प्राविधिक सेवा उपलब्ध गराउने ग्यारेन्टी गरेको छु। किसान र कृषिलाई प्रविधिसँग जोड्नेछ। कृषकहरूको मनोबल बढाउनेछ। कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकरण गर्न यो नीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु। यसले कृषिलाई रुपान्तरण गर्नेछ।

३. सस्तो र सुलभ ऋण

परम्परागत कृषिलाई त्यागेर व्यवसायिक कृषि तरकारी खेती, बाख्रापालन, कुखुरापालनलगायत क्षेत्रमा लाग्ने किसानलाई सस्तो तथा सुलभ ऋणका लागि गाउँपालिकास्तरीय सहकारी विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वकारी भूमिका वडा कार्यालयले गर्ने छ। कृषि ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई वडा कार्यालयले किसान र वित्तीय संस्थाहरूबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।

पुँजी अभावमा व्यावसायिक कृषिमा लाग्न नसकेका किसानलाई बीउ पुँजीको ग्यारेण्टी वडा कार्यालयबाट गर्नेछ। यसले कृषि क्षेत्रमा रहेका युवा पलायनलाई केही हदसम्म रोक्नेछ। बेरोजगार युवाको मनोबल उच्च बनाई उत्पादन कार्यमा लाग्न प्रोत्साहन गर्नेछ।

४. बाली तथा पशुपन्छी बीमाः

वडामा बाली तथा पशुपन्छी बीमा कार्यक्रम लागु गरिनेछ। हरेका किसानको जोखीमतालाई ध्यानमा राखेर नेपाल सरकारले ल्याएको बाली तथा पशुपन्छी बीमा कार्यक्रम वडा कार्यालयले लागु गर्नेछ। जसमा हरेक व्यावसयिक किसानको अनिवार्य बाली तथा पशुपन्छी बीमा गरिनेछ।

यसमा सरकारले ८० प्रतिशत बीमा प्रिमियम बेहोर्दै आएको छ। यो कार्यक्रमले प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली तथा पशुपन्छीको हानि-नोक्सानीबाट किसानलाई सुरक्षित गरेको छ।
यो कार्यक्रममार्फत बाख्रापालन, कुखुरापालन, भैंसीपालन, भेडापालन, चौरीपालन, गाईपालन, बंगुरपालन, बंदेलपालन आदिको व्यावसायिक विकास हुनेछ।


Comment

4 thoughts on “२३ वर्षीय वडाध्यक्ष उम्मेदवारको लोभलाग्दो योजनाः भन्छन्, ‘कृषि क्रान्ति गर्छु’

  1. thanks bro very goog plans
    यस्तै नीति र नियम बनाइ कार्यान्वयन गरेमा जनसमुदायको मुहार फेरिन्छ र राजनीतिक यात्रा नि सफल हुनेछ । best of luck vai

  2. thanks bro very good plans
    यस्तै नीति र नियम बनाइ कार्यान्वयन गरेमा जनसमुदायको मुहार फेरिन्छ र राजनीतिक यात्रा नि सफल हुनेछ । best of luck vai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved