सत्तागठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गर्ने

सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन्।

नेपालभ्युज

सत्तागठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गर्ने

काठमाडौं। सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन्।

वर्षौँदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले मात्र टिकेट पाएको भन्दै बागी उम्मेदवार दिएका कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरिने भएको हो।

गठबन्धनका पाँच दलमा पहुँचवालाले मात्रै टिकट पाएको भन्दै धेरैले बागी उम्मेदवारी दिएका छन्।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार (आज) बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन्।

पार्टीमा उनीहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुने उनले बताए। गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णय विपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved