कैलालीमा सत्ता गठबन्धनका कांग्रेस र समाजवादीले टुंग्याए उम्मेदवार

आइतबार मध्यराति भएको सहमतिअनुसार सात पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ।

कैलालीमा सत्ता गठबन्धनका कांग्रेस र समाजवादीले टुंग्याए उम्मेदवार

धनगढी। सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमति भएपछि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले कैलालीमा उम्मेदवार टुंगो लगाएका छन्। आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखमा लड्ने उम्मेदवार दुवै दलले टुंगो लगाएका हुन्।

आइतबार मध्यराति भएको सहमतिअनुसार सात पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ। यस्तै, चार पालिका प्रमुख र ६ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ।

यस्तै, गोरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी, मोहन्याल, चुरे र घोडाघोडी नगरपालिकामा कांग्रेसले उपप्रमुख पाएको छ।

कांग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिका मेयरमा नृपबहादुर वड, टीकापुर नगरपालिका मेयरमा नवराज रावल, लम्कीचुहा नगरपालिका मेयरमा भक्तबहादुर थापा र गोदावरी नगरपालिका मेयरमा वीरेन्द्र भट्ट उम्मेदवार बनेका छन्।

यस्तै, जानकी गाउँपालिका अध्यक्षमा पर्शु चौधरी, जोशीपुर गाउँपालिका अध्यक्षमा वंशराम चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्षमा शेरबहादुर कठरिया उम्मेदवार बनेका छन्।

कांग्रेसले पाएको उपप्रमुखमा भजनी नगरपालिका उपमेयरमा गोकेन्द्र भण्डारी, घोडाघोडी नगरपालिका उपमेयरमा रीता चौधरी, गौरीगंगा नगरपालिका उपमेयरमा भोजबहादुर बम, मोहन्याल उपाध्यक्षमा कमल सावद र चुरे गाउँपालिका उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाएको छ।

कैलालीका १३ पालिकामध्ये तीन दलीय तालमेलका क्रममा दुई पालिका प्रमुख र एक उपप्रमुख पाएको एकीकृत समाजवादीले ती पालिकाहरूका लागि उम्मेदवारहरूको टुंगोे लगाएको छ।

घोडाघोडी नगरपालिका मेयरमा खडक रावत, चुरे गाउँपालिका अध्यक्षमा स्लोकबहादुर सारू मगर र गोदावरी नगरपालिका उपप्रमुखमा रत्ना कडायतलाई उम्मेदवार बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved