एमालेले धरानकी उपमेयर मञ्जु भण्डारीलाई बनायो मेयर उम्मेदवार

नेपालभ्युज

एमालेले धरानकी उपमेयर मञ्जु भण्डारीलाई बनायो मेयर उम्मेदवार

नेकपा एमालेले प्रदेश १ को  धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयर  उम्मेदवारको टुङ्गो लगाएको छ। धरानको मेयरमा मञ्जु भण्डारीलाइ र उपमेयरमा  पदम लिम्बुलाई उम्मेदवार बनाइएको छ। मन्जु बहालवाला उपमेयर  हुन्।

प्रदेश कमिटीले धरानको मेयर उम्मेदवारका लागि मोतिराज सुनुवार, मञ्जु भण्डारी, बिजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको थियो । जसपा भण्डारीले टिकट पाएकी हुन् ।  उपमेयरमा प्रदेश कमिटीले पदम इस्बो, लहरुमाया जिमी, सविता राई, शुशिला पहाडीको नाम मात्रै सिफारिस गरेको थियो ।

एमालेले इटहरी उपमहानगरपालिकाको मेयरमा यामकुमार सुब्बालाई उठाउने भएको छ।  उपमेयरमा संगिता चौधरीलाई टिकट दिएको छ । एमाले प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर कमिटी अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम मेयरमा सिफारिस गरेको  थियो । उपमेयरको उम्मेदवार छनोटका लागि संगिता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved