नेपालले गरेको कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात २८ अर्बले बढी

चालू आवको ९ महीनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा २८ प्रतिशतले बढेको छ।

नेपालभ्युज

नेपालले गरेको कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात २८ अर्बले बढी

काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महीनामा नेपालले गरेको कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात बढी देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपालबाट नौ महीनामा एक खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। जबकि पेट्रोलियम पदार्थको मात्रै आयात पनि समग्र निर्यातभन्दा २८ अर्ब रुपैयाँले बढी रहेको छ।

यस अवधिमा नेपालले  एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ। नौ महीनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ। चालू आवको नौ महीनामा साढे १४ खर्ब रुपैयाँ बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो। चालू आवको नौ महीनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved