स्पेनिस ला लिगा- बार्सिलोनाको कठिन जित

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ। गएराति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराउँदै जित निकालेको हो।

नेपालभ्युज

स्पेनिस ला लिगा- बार्सिलोनाको कठिन जित

एजेन्सी। स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ। गएराति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराउँदै जित निकालेको हो।

खेलको ११ औँ मिनेटमा पियरिक इम्रिक अबुमियाङले गरेको गोल नै बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो।

यससँगै उनले स्पेनिस लिगमा ९ गोल पूरा गरेका छन्। उनी गत फेब्रुअरीमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए।

खेलमा जित निकालेसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिँदा पराजित रियल सोसिडाड छैटौं स्थानमा छ। शीर्ष स्थानको रियल मड्रिड बार्सिलोनाभन्दा १५ अंकले अगाडि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved