भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालमा उच्च सतर्कता

नेपालभ्युज

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालमा उच्च सतर्कता

काठमाडौं। छिमेकी मुलुक भारत र चीनमा कोभिड संक्रमण बढ्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरूमा बढ्दो क्रममा रहेकाले नेपालमा पनि सबैले जिम्मेवारीपूर्ण तरीकाले स्वास्थ्य मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोभिड–१९ विरुद्दको खोप लगाउन बाँकी रहेका व्यक्तिले ढिलो नगरी खोप लगाउन अनुरोध गरेकी छन्। उनले पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महीना पूरा भएपश्चात् बुस्टर मात्रा खोप लगाउन भनेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved