एमालेले सचिवालय बैठक बसेर महानगरका उम्मेदवार चयन गर्ने

नेपालभ्युज

एमालेले सचिवालय बैठक बसेर महानगरका उम्मेदवार चयन गर्ने

काठमाडौं। स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार तय गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ।

बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार महानगर र उपमहानगरको उम्मेदवार आजै टुङ्गो लगाउने एमालेको तयारी छ।

सम्बन्धित कमिटीले एमालेको केन्द्रमा नामहरू सिफारिस गरिसकेको छ। यसअघि भनिएजस्तै महानगर र उपमहानगरको उम्मेदवार केन्द्रले चयन गर्ने एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved