धनगढी उपमहानगरको मेयरमा एमालेबाट तीन जना सिफारिस

नेपालभ्युज

धनगढी उपमहानगरको मेयरमा एमालेबाट तीन जना सिफारिस

धनगढी। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) बाट तीन जनाको नाम सिफारिस भएको छ। नगर कमिटीले जिल्लालाई सिफारिस गरेकोमा जिल्लाले प्रदेश कमिटीलाई तीन जनाको नाम सिफारिस गरेको हो।

रणबहादुर रावल, दुर्गा जोशी र जीवन बमको नाम सिफारिस भएको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए।

चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष हुन्। जोशी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए। उनी वर्तमान जिल्ला उपाध्यक्ष हुन्। यस्तै बम प्रदेश सदस्य हुन्।

धनगढीको मेयरका लागि अन्य दलले पनि उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। कांग्रेसबाट अहिलेका मेयर नृपबहादुर वड, नेता कृष्णबहादुर महरा, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले आवेदन दिएका छन्।

माओवादी केन्द्रले शान्ति अधिकारीलाई सिफारिस गरेको छ भने एकीकृत समाजवादीले मदन रेग्मी र लोकेन्द्र बानियालाई सिफारिस गरेको छ। धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी अभियानमा व्यस्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved