श्रीलंकासँग नेपालको तुलनै हुन्न, विपक्षीले चुनावी मुद्दा बनाए : अर्थमन्त्री

नेपालभ्युज

श्रीलंकासँग नेपालको तुलनै हुन्न, विपक्षीले चुनावी मुद्दा बनाए : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने बताएका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो नभएको बताए।

केही व्यक्तिले अर्थव्यवस्थालाई राजनीतिकरण गरी चुनावी मुद्दा बनाएको अरोप उनको थियो। नेपाललाई श्रीलंका बन्न नदिने उनले बताए।  ‘‘केही व्यक्तlले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्, चुनावी मुद्दा पनि बनाएका छन्,” मन्त्री शर्माले भने,‘‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिनेगरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं।’’

उनले आगामी आव ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved