अर्थमन्त्रीबारे प्रचण्डले मुख खोले, भने- तत्काल हटाउने योजना छैन

उनले स्थानीय निर्वाचनपछि भने मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने पनि जानकारी दिए।

नेपालभ्युज

अर्थमन्त्रीबारे प्रचण्डले मुख खोले, भने- तत्काल हटाउने योजना छैन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल अर्थमन्त्री फेर्ने योजना नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले तत्काल अर्थमन्त्री फेर्ने योजना नरहेको बताएका हुन्।

उनले स्थानीय निर्वाचनपछि भने मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने पनि जानकारी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माको सम्बन्ध बिग्रिएको आशंकाबीच प्रचण्डले तत्काल अर्थमन्त्री फेरिने सम्भावना टरेको स्पष्ट पारेका हुन्।

अमेरिकाबाट पृथ्वी शाहको नाममा आएको भनिएको ४० करोड रकमका कारण अर्थमन्त्री विवादमा तानिएका छन्।

सोही विषयलाई लिएर अर्थमन्त्रीसँग विवाद हुँदा नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गराएपछि सिङ्गो सरकारकै लोकप्रियतामा प्रश्न उठेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved