स्याङ्जामा जिप दुर्घटना, पाँच जनाको मृत्यु

नेपालभ्युज

स्याङ्जामा जिप दुर्घटना, पाँच जनाको मृत्यु
फाइल तस्वीर

काठमाडौं। स्याङ्जामा जिहान जीप पल्टिँदा सात महीने शिशुसहित पाँचजनाको मृत्यु भएको छ। आइतबार बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षीया शर्मिला सारु, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको हो।

जिपमा ११ जना सवार थिए। घाइते ६ जनाको उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

जिप अनियन्त्रित भई सडकबाट करीब २ सय मिटर तल खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved