बिहीबारदेखि सञ्चालनमा आउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

८ वैशाखदेखि धावनमार्ग शुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने २ जेठमा बुद्ध जयन्तीका दिनबाट शुरु हुनेछ।

नेपालभ्युज

बिहीबारदेखि सञ्चालनमा आउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आउँदो बिहीबार (८ वैशाख)देखि सञ्चालनमा ल्याउने भएको हो।

प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान शुरु गर्ने बताए।

८ वैशाखदेखि धावनमार्ग शुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने २ जेठमा बुद्ध जयन्तीका दिनबाट शुरु हुने जानकारी उनले दिए। यसैगरी पोखराको विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएकाले दशैंसम्ममा पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved