बागमति प्रदेशमा सार्वजनिक यातायातमा भाडा बढ्यो

नेपालभ्युज

बागमति प्रदेशमा सार्वजनिक यातायातमा भाडा बढ्यो

काठमाडौं। बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडावृद्धि भएको छ। नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ। यसअघि न्यूनतम रु १८ थियो।

न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ। त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ।

त्यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ। बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ।

पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो। भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved