रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी नेपाली बजारमा, यस्ता छन् विशेषता

नेपालभ्युज

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो फाइभजी नेपालमा लन्च गरेको छ।

हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरू भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँ फोनहरू बजारमा ल्याएको हो। शाओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ।

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित पंडाज्युले भने, “हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरूको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ। त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरू सम्म सहज रुपमा पुर्‍याउन चाहन्छौँ। हामीले अहिले लन्च गरेको रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ।

उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामेरा

१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरूमा जीवन्त र हाई रेजोलुसनको तस्बिरहरू लिन मिल्छ। साथै यसमा भएको ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ। साथै यसको २ एमपी डेप्थले पोर्ट्रेट फोटोहरूमा नेचुरल बोके इफेक्ट दिन्छ। १-१.५२ को सामसँग HM2 सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरू लिन सक्छ।

यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरू लिन सक्छ।

FHD± AMOLED DotDisplay, 120Hz को रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी

१२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमी नोट ११ एस् र रेडमी नोट ११ प्रो फाइभजी को ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरूलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ।

यी २ वटै फोनमा DCI–P3 वाइड कलर गेमुट सहितको FHD± AMOLED डट डिस्प्ले रहेको छ जसमा जिवन्त रङहरू र राम्रो डिटेलहरू देख्न सकिन्छ साथै १२०० निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ।

ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरूमा २ वटा लिनियर स्पिकरहरू छन् जसले भिडियोहरू हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन्।

पावर र स्पिडको जोडदार संयोजन

पावरफुल पर्फर्मेन्सको लागि रेडमी नोट ११ प्रो फाइभजीमा अड्भान्स्ड अक्टा कोर Snapdragon® 695 प्रोसेसर प्रयोग गरिएको छ। यस्तै रेडमी नोट ११ एस् फ्ल्यागशिप लेभल, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो न्ढट प्रोसेसर, ८ जीबी र्‍याम र फाइभजी सपोर्ट गर्ने चिपसेटसहित आउँछ।

साथै यो दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ। रेडमी नोट ११ प्रो फाइभजी मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमी नोट ११ एस् मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्री फुल चार्ज गर्न सक्छ।

बजारमा उपलब्धता

रेडमी नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो फाइभजी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ। यी दुइवटै फोनहरू ६ जीबी+१२८ जीबी र ८ जीबी + १२८ जीबीको स्टोरजमा नेपालभरिका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन्।

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी को मुल्य नेपाली बजारमा ‘यस प्रकार रहेको छ।

रेडमी नोट ११ एस
जीबी+१२८ जीबी– रु २९,९९९
८जीबी + १२८ – रु ३१,९९९

रेडमी नोट ११ प्रो फाइभजी

६जीबी+१२८ जीबी– रु ३६,९९९
८जीबी + १२८ जबि – रु ३९,९९९


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved