क्यामरा र बुमको आवरणमा जहाँ पायो त्यही नघुस्न ऋषि धमलालाई पत्रकार महासंघले गरायो सचेत

नेपाल प्रेस काउन्सिलले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेलगतै पत्रकार महासंघले पनि धमलालाई सचेत गराएको हो।

नेपालभ्युज

क्यामरा र बुमको आवरणमा जहाँ पायो त्यही नघुस्न ऋषि धमलालाई पत्रकार महासंघले गरायो सचेत
फोटो : टिकटकमा भाइरल भएको क्लिपको स्कृनसर्ट

काठमाडौं। क्यामरा र बुमको आवरणमा जहाँ पायो त्यही नघुस्न पत्रकार ऋषि धमलालाई नेपाल पत्रकार महासंघले सचेत गराएको छ। नेपाल प्रेस काउन्सिलले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेलगतै पत्रकार महासंघले पनि धमलालाई सचेत गराएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एयरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेकोविषयमा आफ्नो ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृश्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दाभन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको भन्दै त्यसो नगर्न पत्रकार महासघंका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ सूचना सङ्कलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि यस्तो सूचना सङ्कलन गर्दा पत्रकारिताको मर्यादालाई ख्याल गर्नु जरुरी छ। सूचना सङ्कलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरीत हुन्छ। त्यसैले त्यस्ता कुनै पनि संवेदनशील स्थानहरूमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनु पर्ने मापदण्डलाई पालना गर्न महासंघ सबैमा अपिल गर्दछ।’

यसअघि नेपाल बार एसोसिएसनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved