माधव नेपालको दाबीः वृद्धभत्ता पाँच हजार बनाउँछौं

नेपालभ्युज

माधव नेपालको दाबीः वृद्धभत्ता पाँच हजार बनाउँछौं
फाइल फोटो

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। आफू एमालेमा रहँदा वृद्धाभत्ता शुरुआत गरेको भन्दै अब भत्तावृद्धि गर्ने उनले बताए।

कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा भएको प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थालेका पनि बताए।

नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गर्दै पाँचदलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको र सबै दलहरू गठबन्धन प्रति सकारात्मक रहेको बताए।

एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा बढेको बताएका उनले न्याय, सत्य र परिवर्तनका लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। ६ महीनाअघि गठन गरेको पार्टीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडाध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेका उनको दाबी थियो।

लुम्बिनीसँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने भनेका उनले पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताए। अध्यक्ष नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने पनि ठोकुवा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved