अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

इस्लामावाद । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने बताएका छन् । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकेपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाई शुरु गरेको थियो।

सुनुवाईका क्रममा प्रधानन्यायाधिसले यस्तो टिप्पणी गरेका हुन्। ”अविश्वासको प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन । सभामुखले अविश्वासको प्रस्तावलाई बेइमानी गरेर खारेज गरिदिएको देखिन्छ,” प्रधानन्यायाधीशले भने।

अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गर्ने बताएका थिए। यसैबीच पाकिस्तानका सूचना मन्त्री फवाद हुसैनले ९० दिनभित्र तत्काल संसदीय निर्वाचन हुने बताएका छन्। तर पाकिस्तानको निर्वाचन आयोगले चुनाव गर्न कम्तिमा ६ महिना लाग्ने जनाएको छ।

यसअघि सांसद्हरूले ल्याएको अविश्वास प्रस्तावलाई (उप) सभामुखले रोकेका थिए। त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका थिए।

पाकिस्तानी सञ्चार माध्यमले देशको राष्ट्रियसभा विघटनको आलोचना गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved