निफ अवार्ड २०२२ :  ‘ द साइलेन्स ट्रि ‘ लाई फिचर फिल्म अवार्ड

नेपालभ्युज

निफ अवार्ड २०२२ :  ‘ द साइलेन्स ट्रि ‘ लाई फिचर फिल्म अवार्ड

 काठमाडौं । टर्किस फिल्म ‘द  साइलेन्स ट्रि’ निफ अवार्ड २०२२ मा सर्वोत्कृष्ट फिचर फिल्म घोषित भएको छ। १ सय १७ मिनेट लामो यो फिल्मलाई टर्कीका फैसल सौसलले निर्देशन गरेका हुन्।

उत्कृष्ट निर्देशकको अवार्ड भने नेपालका मोहन राईले जितेका छन्। उनले वान नाइट इन काठमाडौं महानगरबाट यो अवार्ड जितेका हुन्। यसै फिल्मबाट राईले उत्कृष्ट स्क्रिन प्लेको अवार्ड पनि जिते।

राष्ट्रिय फिचर फिल्म विधामा उत्कृष्ट ठहरिएको यस फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्। यसरी यो फिल्मले निफ २०२२ का १४ विधामध्ये ४ वटा विधामा उत्कृष्टको अवार्ड पायो।

उत्कृष्ट अभिनेताको अवार्ड चिसो एस्ट्रेबाट दिव्य देवले जिते। चिसो एस्ट्रेबाटै उज्वल बास्ताकोटीले उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड जिते। अन्तर्राष्ट्रिय फिल्मतर्फको गौतम बुद्ध अवार्डमा नो ग्राउन्ड बेनिथ द फिट सर्वोत्कृष्ट घोषित भयो। यो सिनेमालाई बंगलादेशी निर्देशक महोमद्द राबीले निर्देशन गरेका हुन्।

उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीलाई दिइने माउन्ट एभरेस्ट अवार्ड ज्याक हेक्सटलको निर्देशनमा बनेको ‘आउट अफ थिन एयर’ले जितेको छ। काठमाडौंमा ५ दिनसम्म चलको निफ फिल्म महोत्सवमा विभिन्न ३५ देशका ८९ फिल्म प्रतिस्पर्धामा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved