काठमाडौंमै चितुवाको आक्रमण, एक घाइते

काठमाडौंको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।

नेपालभ्युज

काठमाडौंमै चितुवाको आक्रमण, एक घाइते
फाइल फोटो

काठमाडौं। काठमाडौंको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।

आक्रमण गर्ने चितुवालाई स्थानीय र प्रहरीको सहायतामा जिल्ला बन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ।
घाइते भएका दहचोक मिलनचोक बस्ने २५ वर्षीय ३५ का पाचु चौधरीको उपचारको लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

पछिल्लो समय दहचोकमा तीन वटा चितुवालाई नियन्त्रणमा लिइसकिएको छ। यसअघि तीन दिनअघि पनि चितुवा भेटिएको स्थानीय समेत रहेका पत्रकार रोशन दानीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved