दुई उद्योग वाणिज्य संघबीच सहकार्य सम्झौता 

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध संघले घनिभूतरुपमा आ-आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पुर्‍याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई संघबीच सम्झौता भएको हो।

नेपालभ्युज

दुई उद्योग वाणिज्य संघबीच सहकार्य सम्झौता 

वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघबीच व्यापारिक विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि सम्झौता भएको छ ।

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध संघले घनिभूतरुपमा आ-आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पुर्‍याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई संघबीच सम्झौता भएको हो।

वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि सम्झौता गरिएको वीरगञ्ज उ.वा. संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ता जानकारी दिए।

आ-आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक-अर्का संघबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले दुई वाणिज्य संघबीच सम्झौता भएको गुप्ताले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved