पाकिस्तानमा संसद् भंग, नयाँ चुनाव गराउन राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस

पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुख कासिम खान सूरीले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेका हुन्।

नेपालभ्युज

पाकिस्तानमा संसद् भंग, नयाँ चुनाव गराउन राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् भंग गरेर नयाँ चुनाव गराउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

आइतबार सदनमा आफूविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि उनले नयाा चुनावको सिफारिस गरेका हुन्। संसद् बैठकमा खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुख कासिम खान सूरीले खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेका हुन्। उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका हुन्।

संसद्मा अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री खानले देशलाई सम्बोधन गरेर संसद् भंग गरेका छन्। उनले नयाँ चुनाव गराउनका लागि राष्ट्रिपतिलाई सिफारिस गरेका बीबीसीले लेखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved