‘विपक्षीसँग मिलेर मेरो सरकार हटाउन विदेशबाटै षडयन्त्र रचिएको छ’

नेपालभ्युज

‘विपक्षीसँग मिलेर मेरो सरकार हटाउन विदेशबाटै षडयन्त्र रचिएको छ’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीसँग मिलेर आफूविरुद्ध विदेशबाट षड्यन्त्र रचिएको प्रमाणित भएको बताएका छन्।

खानविरुद्ध अविश्वास प्रस्तावमा अप्रिल ३ मा मतदान हुँदैछ। यसअघि २ अप्रिलमा इमरान खानले फेरि जनतालाई सम्बोधन गर्दै जनताका प्रश्नको जवाफ दिएका थिए।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्ले उक्त दस्तावेज हेरेको उनले बताए।

खानले भने, ‘म तपाईंलाई भन्छु यो आधिकारिक दस्तावेज हो, यदि तपाईंले इमरान खानलाई हटाउनुभयो भने अमेरिकाको सम्बन्ध तपाईंभन्दा राम्रो हुनेछ। तपाईंले इमरान खानलाई हटाउनेबित्तिकै हामी तपाईलाई माफ गर्नेछौं।”

यस क्रममा शाहबाज शरीफलाई निशाना बनाउँदै उनले यस षड्यन्त्रमा आफ्नो संलग्नता रहेको र शाहबाज अमेरिकाको गुलाम भएको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved