उदयपुरका ८ ओटै स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन

नेपालभ्युज

उदयपुरका ८ ओटै स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन

उदयपुर। आगामी ३० वैशाखमा गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वर्तमान सरकारका सत्ता गठबन्धन पाँच दलका राजनीतिक नेताहरूले उदयपुरका आठ पालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन्।

शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताहरूले चैत २६ गतेसम्ममा जिल्लाको आठ वटै पालिकाहरूमा गठबन्धन दलहरूले चुनावी तालमेलका लागि अन्तिम निष्कर्षसहितको निर्णय गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश १ का सदस्य हिमाल कार्कीले बताए।

जिल्लाको सदरमुकाम गाईघाटमा नेपाली कांग्रेसका सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल, नेकपा समाजवादीकका अध्यक्ष राममणि पोखरेल, जनमोर्चाका अध्यक्ष लिलकुमार राई, जनता समाजवादीका केन्द्रीय सदस्य राहुल यादवसहितका सत्ता गठबन्धन दलका जिल्ला नेताहरूले छलफल गरेका थिए।

वर्तमान सत्ता गठबन्धनका सबै दलका नेताहरूबीच जिल्लाको आठवटै स्थानीय पालिकाहरूमा चुनावी तालमेल गरेर जाने सहमति भएको जनता समाजवादीका केन्द्रीय सदस्य राहुल यादवले बताए।

कुन पालिकामा कुन दलका नेतालाई नगरप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दिने लिने भन्ने विषयमा अन्तिम निष्कर्ष यही चैत २६ गते बसेर संयुक्त रूपमा टुंगो लगाउने सहमति भएको नेपाली कांग्रेसका सभापति कार्कीले बताए।

निर्वाचनमा जिल्लाको आठवटै स्थानीय तह तथा पालिकाहरूको निर्वाचनमा गठबन्धन दलहरूबीच चुनावी तालमेल निश्चित भएको माओवादीका अध्यक्ष कटुवालले जानकारी दिए।

जिल्लामा चारवटा नगपालिका र चारवटा गाउँपालिका छन्। यसअघिको निर्वाचनमा चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस र लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो भने बाँकी छ पालिकामा नेकपा एमाले विजयी भएको थियो।

आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा दलहरूले एक पालिका एक दलको उम्मेदवारका दरले चुनावी तालमेल गरेर आफ्नो दलको उम्मेदवारहरू चुनावमा उठाउने तयारी गरिरहेको गठबन्धन दलका जिल्ला नेताहरूले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved